२०८३ साउन ११ सोमबार

उच्च प्रतिफलयुक्त साधना लघुवित्तमा लगानीको अवसर, ६६ हजारले शेयर पाउन सक्ने

ई आर्थिक    आइतबार, असार २१ २०७७
11.6K
Shares
उच्च प्रतिफलयुक्त साधना लघुवित्तमा लगानीको अवसर, ६६ हजारले शेयर पाउन सक्ने

ई–आर्थिक, काठमाडौं । गोरखामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको इजाजतप्राप्त साधना लघुवित्तको आईपीओ आजदेखि खुलेको छ । उक्त लघुवित्तको करिब ६ लाख ६१ हजार कित्ता शेयरका लागि आज आइतबार बिहान १० बजेदेखि आवेदन खुला भएको हो । हुन लागेको हो । उक्त शेयर असार २४ गते कार्यालय समयसम्म आवेदन दिन पाइने भएको छ ।

कुल शेयर पुँजीको ३२.५० प्रतिशतले हुन आउने ७ लाख ७ हजार ८ सय कित्ता शेयर साधारण निष्कासनको लागि खुला गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्ताको आरक्षण छुट्टाएर ६ लाख ६१ हजार ५ सय २० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

शेयर बाँडफाँटको विद्यमान प्रणालीअनुसार उक्त शेयर प्रत्येक आवेदकलाई १०–१० कित्ताका दरमा दिइनेछ । सोही कारण ६६ हजार १ सय ५२ आवेदकले गोला प्रथामार्फत् उक्त शेयर प्राप्त गर्नेछन् ।

अघिल्लो वर्ष साधनाले प्रतिशेयर २५ रुपैयाँ ४५ पैसा नाफा कमाएको थियो ।

लघुवित्त कम्पनीहरुको शेयरमूल्य सामान्यतया उच्च रहेको तथा साधनाको गतवर्षको अवस्था समेत राम्रो भएकोले यो लघुवित्तलाई आकर्षक कम्पनीको रुपमा हेरिएको छ । लकडाउन पनि केही खुकुलो भइसकेको अवस्थामा यो शेयरमा उल्लेख्य रकमको आवदेन पर्न सक्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij