ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बुधवार निधन भएको छ । काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुँदा हुँदै उनको निधन भएको हो । ६६ वर्षीया छन्तयाल मुटु सम्बन्धि रोगबाट पीडित थिइन् ।
बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नम्वर–५ खुंखानीमा जन्म भै नेपाली कॉग्रेस पार्टीको तर्फबाट २०७० सालको संबिधान सभा निर्वाचनमा निर्वाचित सभासद उनी हाल समानुपातिक सांसद हुन् ।
स्व. छन्त्याल एक निष्ठावान निडर, शाहसी र इमानदार महिला नेत्री हुनुहुन्थ्यो । उनको असमायिक निधनले नेपाली कांग्रेस पार्टी बागलुड र सिंगो नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षती पुगेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।