२०८३ साउन १२ मंगलबार

काठमाडौंमा सलहलाई क्षति, सलह बन्यो उपत्यकाका काग र चराचुङ्गीको आहारा

ई आर्थिक    बुधबार, असार १७ २०७७
23.1K
Shares
काठमाडौंमा सलहलाई क्षति, सलह बन्यो उपत्यकाका काग र चराचुङ्गीको आहारा

ई–आर्थिक, काठमाडौं : कृषि बालीनालीलाई क्षति पु¥याउने सलह अन्ततः काठमाडौंमा समेत आइपुगेको छ । भारतमा सलहले आतंक मच्चाइरहेको बेला नेपाल आउनेसक्ने विश्लेषण र अनुमानका बीच नेपाल प्रवेश गरेको सलह काठमाडौंमा समेत आइपुगेको हो । मूख्य झुण्डबाट टुक्रिएर सलहको झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको हो ।

अहिले काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् । काठमाडौंमा सलह देखिएपनि यसको असर खास नभएको अनुमान लगाइएको छ ।

काठमाडौं उपत्यकामा बरु सलहलाई नै उल्टै क्षति पुगिको देखिएको छ । काठमाडौंको भोकाएका काग र चराचुरुङ्गीले सलहलाई आफ्नो राम्रो आहाराको रुपमा पाएका छन् । उपत्यका सलहका झुन्ड सानो भएकाले ती झुन्डहरुले अहिलेसम्म कतै क्षति गरेको छैन ।

काठमाडौंमा क्षति नपु¥याए पनि कृषकहरुले यसबाट हुनसक्ने संभावित क्षतिका बारेमा सचेत रहनु पर्ने कृषि विज्ञहरुले आव्हान गरेका छन् ।

बाराबाट झुन्ड टुक्रिएर सलह मकवानपुर हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरेको अनुमान किटविज्ञहरुको रहेको छ । मकवानपुरबाट टुक्रिएर चितवन पुगेको छ र चितवनबाट उक्त झुन्ड टुक्रदै धापाखेल हुँदै उपत्यका प्रवेश गरेको विज्ञहरुको भनाई छ ।

हावाको बहावसँगै चितवनबाट टुक्रिएको झुन्ड मकवानपुरको डाँडामाथि हुँदै काठमाडौं प्रवेश गरेको उनीहरुको भनाई छ । काठमाडौंमा आसपासको जंगलमा सलहले आफ्नो बस्ने आधार क्षेत्र बनाएको छ । नेपालमा अहिले ३५ लाखको हाराहारीमा सलह आएको अनुमान लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij