२०८३ साउन ११ सोमबार

भारतमा एकैदिनमा १७ हजार सङ्क्रमित

ई आर्थिक    शुक्रबार, असार १२ २०७७
5K
Shares
भारतमा एकैदिनमा १७ हजार सङ्क्रमित

नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन्। योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ। ती मध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार विहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो।

उनीहरुले भारतमा अहिले पनि एक लाख ८९ हजार ४६३ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन्। त्यसैगरी अरु दुई लाख ८५ हजार ६३६ जना सङ्क्रमणमुक्त भएका छन्। यो तथ्यांकअनुसार कुल सङ्क्रमित मध्ये ५८।२४ प्रतिशत विरामी सङ्क्रमणमुक्त भएका छन्। यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रुपमा व्याख्या गरेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन्। महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ। त्यसैगरी केन्द्रीय राजधानी समेत पर्ने दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बंगाल र उत्तर प्रदेशमा १५÷१५ जना, आन्द्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठ जनाको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको छ।

मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु काश्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij