२०८३ साउन ९ शनिबार

साउदी अरबका अलपत्र ८०९ नेपाली नेपाल आउँदै, सर्वोच्च अदालतको आदेश कार्यन्वयन नगरेको भन्दै सरकारसँग रूष्ट

ई आर्थिक    बुधबार, असार १० २०७७
15.7K
Shares
साउदी अरबका अलपत्र ८०९ नेपाली नेपाल आउँदै, सर्वोच्च अदालतको आदेश कार्यन्वयन नगरेको भन्दै सरकारसँग रूष्ट

ई–आर्थिक, काठमाडौं : कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका ८०९ जना नेपाल पर्फिएका छन् । उनीहरु नेपालका हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका हुन् ।

स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेका छन् । स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको नामावली सार्वजिनिक गरेको नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपाल आउनेमा लामो समयदेखि दूतावास सेल्टरमा रहेका ४ जना महिलाले रहेका छन् । यात्रा गरेका ४ मध्ये २ जना आफ्नै खर्चमा र २ जनाको अमृत पौड्यालको नेतृत्वमा संस्थागत रुपमा हवाई टिकट उपलब्ध भएर आएका हुन ।

उडानको समय सहजीकरणका लागि विमानस्थलमा नेपाली दूतावासका कर्मचारीहरुको पनि उपस्थित रहेको थियो ।

साउदी सरकारले अकामा नविकरण गरेका ७४ जना नेपालीका लागि बहिगर्मन भिषा समेत जारी गरेको छ । जसका कारण उनीहरू चाडै स्वदेश फिर्ता हुने भएका छन् ।

मंहगो टिकट शुल्क, कोरोना टेष्ट रिपोर्टका लागि नेपाली रुपैयाँ ६ हजार तिर्नु परेपछि स्वदेश फर्कन पाउँदा समेत खुशी छैनन् । आपत्–विपत्मा समेत सरकारले सहयोग नगरेको उनीहरुले गुनासो गरेका छन् ।

पछिल्लो पटक सरकारले निर्धारण गरेको साउदीको रियाद रजेद्धा शहरबाट एकतर्फी हवाई टिकटको मूल्य करिब नेपाली ६८ हजार रुयैयाँ रहेको छ । सरकारले निर्धारण गरेको हवाई टिककको मूल्य नलिन र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सर्वोच्च आदेश आदेश दिए पनि त्यो कार्यान्वयन भएन । त्यसमा उनीहरुले आपत्ति जनाएका छन् ।

साउदीमा हजारौं नेपाली खाना समेत आधा पेट खाएर बाँची रहेका छन् । यसरी चर्को हवाई भाडाका कारण अलपत्र परेका थुप्रै नेपाली स्वदेश फर्कनबाट बञ्चित हुने देखिन्छ । उनीहरुले विदेशमै ज्यान गुमाउनु पर्ने अवस्था समेत आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij