२०८३ साउन १२ मंगलबार

निजी विद्यालयहरु संकटमा, प्रधानाध्यापक नै गाडामा खानेकुरा बेच्न थाले

ई आर्थिक    आइतबार, असार ७ २०७७
6.4K
Shares
निजी विद्यालयहरु संकटमा, प्रधानाध्यापक नै गाडामा खानेकुरा बेच्न थाले

एजेन्सी, ७ असार । कोरोना भाइरसको कहरले विश्व नै मारमा परेको छ । लकडाउन रोकथामको उपायका रुपमा लागु गरिएको छ भने यसलाई खुकुलो पारिदै लगिएको छ । तर, निजी विद्यालय संचालनमा नआउँदा शिक्षकहरु मारमा परेका छन् ।

भारतमा लकडाउनले निजी विद्यालयमा काम गर्नेहरु मारमा परेका छन् । उनीहरु वैकल्पिक उपाय अपनाएर जिविकोपार्जन गर्न थालेका छन् । भारतको तेलंगना राज्यका निजी स्कुलका प्रधानाध्यापक नै गाडामा इडली, डोसा र भाडा बेच्न थालेका छन् ।

यसैगरी राँचीका एकजना सामाजिक शिक्षाका शिक्षक खेतमा काम गर्न थालेका छन् । अर्को एक शिक्षक इन्सुरेन्स पोलिसी विक्रीको काम गर्न थालेका छन् ।

भारतमा निजी विद्यालयलाई नराम्रो धक्का पुगेको छ । त्यहाँ कार्यरतहरु जिविकोपार्जनको कठिनाईले संकटमा परेका छन् । उनीहरु तलब नपाएपछि अन्य पेशामा लाग्न थालेका हुन् । -Photo Source: Indian Express

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij