२०८३ साउन ११ सोमबार

कोरोना भाइरसको संंक्रमणबाट विश्वभर ४ लाख ६ हजार १०७ मरे, ७० लाख ८६ हजार ८ जना संक्रमित

ई आर्थिक    सोमबार, जेष्ठ २६ २०७७
5.9K
Shares
कोरोना भाइरसको संंक्रमणबाट विश्वभर ४ लाख ६ हजार १०७ मरे, ७० लाख ८६ हजार ८ जना संक्रमित

ई–आर्थिक, काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आज सोमबार विहानसम्म ४ लाख ६ हजार १०७ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सम्बन्धि तथ्यांक दिने वेबसाइट वल्र्डोमिटरका अनुसार यो भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ७० लाख ८६ हजार ८ जना पुगेका छन् ।

यो भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै १ लाख १२ हजार ४६९ जनाको मृत्यु भइसेकेको छ । त्यस्तै अमेरिकामा २० लाख ७ हजार ४४९ जना संक्रमित भइसकेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमित मुलुक ब्राजिल भएको छ । त्यहाँ ६ लाख ९१ हजार ९६२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । यो क्रम अझै बढिरहेको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको संख्या ३७ हजार ३१२ पुगेको छ ।

त्यसैगरी रूसमा ४ लाख ६७ हजार ६७३ संक्रमित रहेका छन् । त्यहाँ ५ हजार ८५९ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै स्पेनमा २ लाख ८८ हजार ६३० जना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या २७ हजार १३६ रहेको छ । त्यसैगरी बेलायतमा २ लाख ८६ हजार १९४ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । त्यहाँ ४० हजार ५४८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतमा सोमबार विहानसम्म २ लाख ५७ हजार ४८६ व्यक्ति संक्रमित भएका छन् । भारतमा ७ हजार २०७ जनाको मृत्यु भइसकेको छ । यसरी हेर्दा कोरोना भाइरसबाट बढी प्रभावित मुलुकहरू इटाली र स्पेनभन्दा भारत अघि आएको छ । प्रभावितको हिसावमा भारत विश्वकै पाँचौ मुलुकमा पर्दछ ।

कोरोना भाइरस उत्पत्ति भएको छिमेकी मुलुक चीनले आफ्नो मुलुकमा कोरोना भाइरस सून्य भएको दाबी गरे पनि त्यहाँ पनि फाट्टफुट्ट संक्रमित भेटिरहेका छन् । चीनमा भर्खरै मात्रै तीन जना कोभिड–१९ भाइरसका संक्रमित भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij