२०८३ साउन १२ मंगलबार

ग्लोबल आईएमई बैंकले ५ नम्बर प्रदेश सरकारलाई दियो २५ लाख

ई आर्थिक    बिहिबार, जेष्ठ २२ २०७७
9.3K
Shares
ग्लोबल आईएमई बैंकले ५ नम्बर प्रदेश सरकारलाई दियो २५ लाख

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं ५ सरकारलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रदेश नं ५ को कार्यालयले उक्त रकम सहयोग गरेको हो ।

बैंकको प्रदेश नं ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक क्षेत्रमा बैंकको सहयोगको निरन्तरताको अपेक्षा गरे ।

बैंकका भैरहवा शाखा प्रमुख प्रेमसागर अग्रहरीले बैंकको योगदानबाट भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास व्यक्त गरे ।
आफ्नो स्थापनाकालदेखि विपत्तिका अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकको प्रदेश कार्यालयले जनाएको छ ।

कोभिड –१९ विरुद्धको अभियानमा प्रदेश नं ५ सरकारलाई २५ लाख सहयोग गरेको बैंकले एक करोड १५ लाख रुपैयाँ केन्द्र सरकारलाई यसअघि नै हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij