२०८३ साउन १२ मंगलबार

रौतहटमा थप दुई जना भेटिए कोरोना भाइरस संक्रमित, संक्रमितको संख्या ५४ पुग्यो

ई आर्थिक    मंगलबार, बैशाख १६ २०७७
5.2K
Shares
रौतहटमा थप दुई जना भेटिए कोरोना भाइरस संक्रमित, संक्रमितको संख्या ५४ पुग्यो

ई–आर्थिक, रौतहट । रौतहट जिल्लामा दुई जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षका पुरुष र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय जानकारी दिएको छ । संक्रमित दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षण गरिएको थियो ।

संक्रमित मध्ये वृन्दावन नगरपालिका भुसहाका ती पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अहिले ती युवकको व्यापक खोजी भइरहेको बुझिएको छ ।

अर्का संक्रमित देवाही गोनाही १ का ३५ वर्षका पुरुष भने हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रौतहटका थपिएका यी दुईसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij