२०८३ साउन १० आइतबार

ज्ञानेन्द्र शाहीलाई प्रकाउ गरिएपछि सरकार र स्थानीय प्रशासनको चौतर्फी आलोचना, सर्वसाधारणको प्रश्न– ‘सामाजिक अभियान्ताले राहत बाँड्दा कहाँ गल्ती भयो ?’

ई आर्थिक    बुधबार, बैशाख १० २०७७
17.9K
Shares
ज्ञानेन्द्र शाहीलाई प्रकाउ गरिएपछि सरकार र स्थानीय प्रशासनको चौतर्फी आलोचना, सर्वसाधारणको प्रश्न– ‘सामाजिक अभियान्ताले राहत बाँड्दा कहाँ गल्ती भयो ?’

ई–आर्थिक, काठमाडौं । ‘हामी नेपाली हाम्रो नेपाल’ अभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरिएपछि सरकार र प्रहरी प्रशासनको चौतर्फी आलोचना भएको छ । राहत बाँड्न हिडेकै भरमा पक्राउ गरिएपछि ठूलो संख्याले सरकार र स्थानीय प्रशासनको आलोचना गरेका हुन ।

नेपाल सरकार र स्थानीय प्रशासनलाई सर्वसाधारणको ठूलो संख्याले आफूले पनि गर्न नसक्ने अरुलाई पनि ‘सामाजिक काम’ गर्न भनिरहेका छन् । एउटा सामाजिक अभियान्ताले राहत बाँड्न हिड्दा कहाँ गल्ति भयो ? भनि सरकार र स्थानीय प्रशासनलाई सर्वसाधरणलाई प्रश्न गरेका छन् । राहत बाड्ने कुरामा समन्वय गर्न खोज्दा प्रशासनविरुद्ध गएपछि पक्राउ गर्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ ।

शाही स्थानीय तह तथा जनप्रतिनिधि कसैसँग समन्वय नगरी राहत बाड्ने भन्दै हिडेका थिए । सरकारले राहत बाडनु भन्दा पहिला स्थानीय तहमा सम्पर्क गर्नुपर्ने नीति तथ गरेको छ ।

राहत बाड्नु भन्दा पहिला कुन ठाउँमा कति बाड्ने ? स्थानीय तहमा जानकारी हुनुपर्ने कार्यविधिमा उल्लेख भएको प्रहरीले जानकारी दिएको छ । वडामा सम्पर्क गरेर मात्र राहत बाड्न आग्रह गर्दा शाहीले फेसबुक लाइभ गरी प्रशासनविरुद्ध अभिव्यक्ति दिएको प्रहरीको भनाई छ । त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरको सक्रियतामा उनलाई मंगलबार राति पक्राउ गरिएको जानकारी दियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख तथा प्रहरीलाई निरन्तर धम्कीपुर्ण फोन, अश्लील म्यासेज आएपछि बाध्य भएर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरिरहेको छ । प्रहरीका अनुसार धेरैजसो विदेशबाट आएका म्यासेजमा प्रहरीलाई मार्छु, काट्छु भन्दै धम्की आएका छन् । मेसेजमा परिवार, छोराछोरी सकाइदिन्छु समेत भनेका प्रहरीको भनाई छ ।

प्रहरीलाई उक्त धम्की दिने उक्त समूह शाहीद्वारा परिचालित व्यक्ति हुन की भन्ने आशंका प्रहरीले गरेको छ ।

फोन तथा म्यासेज आएका नम्बरको निगरानी सुरु गरेको प्रहरीको भनाई छ । प्रहरीले इन्टरपोल र साइबर ब्यूरोको सहयोगमा अनुसन्धान भइरहेको र म्यासेज पठाउने त्यस्ता व्यक्तिहरुलाई समेत जुनसुकै बेला नियन्त्रणमा लिन सकिने जानकारी दिएको छ ।

प्रहरीले शाहीलाई अहिले भने संक्रमण रोग नियन्त्रण ऎन २०२० अनुसार मुद्दा दर्ता गरेको जानकारी दिएको छ । प्रहरीले उनलाई त्यसैमा आधारित रहेर अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij