२०८३ साउन ९ शनिबार

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

ई आर्थिक    सोमबार, चैत्र २४ २०७६
13.5K
Shares
राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

ई आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत छन् । उनी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका हुन्। अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुदा उनी डेपुटी थिए । डेपुटी गभर्नर अधिकारीकै कारण युवराज खतिवडाको गभर्नर कार्यकाल अत्यन्त सफल भएको बताइन्छ । गभर्नरका लागि उनी काबिल, ईमान्दार र योग्य ब्यक्ति हुन । अर्थमन्त्री खतिवडा उनीबाट अत्यन्तै प्रभाबित भएका थिए । मुलुकमा देखा पर्न थालेको अर्थतन्त्रमाथिको संकटसँग मुकाबिला गर्न खतिवडाले गभर्नरमा अधिकारी नै आवश्यक हुने कुरा सुझाएपछि प्रधानमन्त्रीले अधिकारीलाई गभर्नरको लागि स्वीकृति गरेको बताइएको छ ।

अर्थमन्त्री खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारी सहित डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाइ सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij