ई आर्थिक, काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएका व्यवसायहरुले चैत मसान्तसम्म बैंक वित्तीय तथा गैर बैंकिङ वित्तीय संस्थाहरुबाट लिएको कर्जाको सावा र ब्याज तिर्नु नपर्ने भएको छ।
अर्थमन्त्रीको संयोजकत्वमा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो।
यसका साथै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ९ वटा निर्णय गरेको छ ।

