२०८३ साउन १२ मंगलबार

कोभिड–१९ विरोधी लडाईंमा भाटभटेनी समूहबाट एक करोड सहयोग

ई आर्थिक    बुधबार, चैत्र १२ २०७६
3.5K
Shares
कोभिड–१९ विरोधी लडाईंमा भाटभटेनी समूहबाट एक करोड सहयोग

ई आर्थिक, काठमाडौं। भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ।

भाटभटेनी समूहले उक्त रकम सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमा दिने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए।

‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकताअनुसार परिचालन गर्नेछ।’

विपदको घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उनले बताए।

विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको अवस्थामा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पु‍र्याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरुङको भनाइ छ।

भाटभटेनी समूहले विपत्को अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij