२०८३ साउन १२ मंगलबार

सहकारी क्षेत्रले आंशिक मात्रै भए पनि सेवा प्रदान गर्न राष्ट्रिय सहकारी महासंघको आव्हान

ई आर्थिक    आइतबार, चैत्र ९ २०७६
19.2K
Shares
सहकारी क्षेत्रले आंशिक मात्रै भए पनि सेवा प्रदान गर्न राष्ट्रिय सहकारी महासंघको आव्हान

ई–आर्थिक, काठमाडौं । सहकारी संस्थाहरुलाई अत्यावश्यक सेवा प्रवाह नियमित रुपमा संचालन गर्न निर्देशन राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ । कोरोना भाइरस संक्रमणको त्रास बढेका बेला महासंघले आईतबार विज्ञप्ती जारी गर्दै सदस्यहरुलाई नियमित रुपमा सेवा संचालन गर्न आव्हान गरेको हो ।

सहकारी सदस्यका लागि सदस्यकै व्यवस्थापनमा संचालन हुने भएकाले विषम परिस्थितीमा पनि सदस्यलाई अत्यावश्यक सेवा प्रवाह गर्न तयार रहनुपर्ने महासंघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्ती जारी गर्दै महासंघले स्वास्थ्य सहकारीहरुलाई स्वास्थ्य सेवा, उपभोक्ता सहकारीहरुलाई उपभोक्ता र वित्तीय सहकारीहरुलाई आंशिक समय कार्यालय खोलेर भएपनि वित्तीय सेवा प्रदान गर्नु भनेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा कार्यालय संचालन गर्दा अनावश्यक भिडभाड नगर्न तथा आवश्यक सुरक्षात्मक उपाय अपनाउन समेत अनुरोध गरेको छ ।

सहकारी क्षेत्रमा भने केहीले आन्तरिक सूचना जारी गरेर कार्यालय बन्द गरेका छन् भने कोही सहकारी भने बन्द गर्ने या खोल्ने सम्बन्धमा अन्यौल देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij