२०८३ साउन १२ मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा

ई आर्थिक    शनिबार, चैत्र ८ २०७६
6.4K
Shares
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीको जिल्ला प्रशासन कार्यालयमा

ई–आर्थिक, काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बिच शुभारम्भ गरिएको छ ।

बैंकको २९ औं उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नुभयो ।

शाखा कार्यालय सिन्धुली मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।

सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij