२०८३ साउन ११ सोमबार

लगानीकर्ताहरुलाई हतोत्साहित नभई लगानी निर्णय लिन धितोपत्र बोर्डको आग्रह

ई आर्थिक    बिहिबार, चैत्र ६ २०७६
11.9K
Shares
लगानीकर्ताहरुलाई हतोत्साहित नभई लगानी निर्णय लिन धितोपत्र बोर्डको आग्रह

ई–आर्थिक, काठमाडौं । केही दिन यता धितोपत्रको दोस्रो बजारको कारोवारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्था प्रति नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण जनाएको छ ।

धितोपत्र बोर्डले बजारलाई बजारको रुपमानै चल्न दिनु पर्दछ भन्ने मान्यता राख्दछ र नियमनकारी निकायको रुपमा बोर्डले सधै धितोपत्र बजारको अवस्थालाई सूक्ष्मरुपले अध्ययन समेत गरिरहेको जनाएको छ ।

बोर्डले विज्ञप्ती जारी गर्दै भनेको छ– ‘पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससँग जोडेर बजार प्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भैइरहेको सन्दर्भमा नेपालमा हालसम्म कोरोना भाइरसको प्रकोप नदेखिएको र नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न पूर्व सावधानीका विभिन्न कदमहरु चालेको सर्वविदितै छ । त्यसै गरी बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको सन्दर्भमा लगानीकर्ताहरु यस्तो सामान्य अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र विक्री सम्बन्धी निर्णय लिनुपर्ने अवस्था देखिदैन् ।’

अतः धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्ष (आधारभूत तथा प्राविधिक) को जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका कामकारबाहिहरुको अध्ययन गरेर हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन बोर्ड विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij