२०८३ साउन ११ सोमबार

‘यस बैंक’ का संस्थापक राना पक्राउ, सम्पत्ति शुद्धीकरण र अनुसन्धानमा असहयोग आरोप

ई आर्थिक    सोमबार, फाल्गुन २६ २०७६
7.3K
Shares
‘यस बैंक’ का संस्थापक राना पक्राउ, सम्पत्ति शुद्धीकरण र अनुसन्धानमा असहयोग आरोप

मुम्बई। भारतको समस्याग्रस्त घोषणा गरिएको ‘यस बैंक’ का संस्थापक राना कपुर पक्राउ परेका छन्। वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीले आइतबार सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ गरेको हो।
भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि संकट आएको थियो ।

जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका हुन् । रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको जाँच एजेन्सीका एक अधिकारीले बताए। यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ । अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेका थिए ।

रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त ‘यस बैंक’ को ४९ प्रतिशत सेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको बताए। यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पुँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij