२०८३ साउन ११ सोमबार

आरबिआईको एक्सनपछि एस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा ग्राहकको भिड

ई आर्थिक    शनिबार, फाल्गुन २४ २०७६
7.1K
Shares
आरबिआईको एक्सनपछि एस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा ग्राहकको भिड

मुम्बई । भारतको वित्तीय क्षेत्रमा एउटा अभिलेख रहने गरी गतिविधि भएको छ । घटना हो भारतको ‘यस बैंक’को हो । भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय ग¥यो । त्यसपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् ।

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए ।
उनले भने, ‘मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ ।’

अर्का ग्राहकले भने, “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ। मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ।”
भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो ।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन ।

वित्तीय क्षेत्रमा रहन गएको यो अभिलेखलाई विश्वभरको वित्तीय क्षेत्रले विशेष चासोको साथ हेरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij