२०८३ भाद्र ३१ बुधबार

एनआईसी एशियाको होली अफरः माेबाइल बैंकिङ काराेबारमा शतप्रतिशत नगद फिर्ता

ई आर्थिक    शुक्रबार, फाल्गुन २३ २०७६
8.3K
Shares
एनआईसी एशियाको होली अफरः माेबाइल बैंकिङ काराेबारमा शतप्रतिशत नगद फिर्ता

ई–आर्थिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ।

योजनाअन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २ सय जना ग्राहकले शतप्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाइ टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउँदै आएको बैंकको दाबी छ।

यसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५ हजार ४ सय रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहकले लिइरहेको बैंकको दाबी छ। बैंकले डिजिटल फर्स्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भएको पनि दाबी गरेको छ।

मोबाइल बैंकिङ र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर
प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १०० सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १,००० सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक लगायतका सुविधा दिइरहेको छ।

सोही सुविधाअन्तर्गत बैंकले प्रत्येक बुधबार दराज डटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५००÷ सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,०००÷ सम्म छुट लगायत विभिन्न अफरहरू सञ्चालन गरिरहेको छ।

बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जानकारी दिए।

‘यसका अतिरिक्त बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्नुहुन्छ’, उनले भने, ‘साथै, यस बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले प्रत्येक हप्ता जनही रू. ५०० तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आउनुभएको छ।’

बैंकले संचालन गरेका ‘स्वायप मोर, सेभ मोर’ ‘भाट भटेनी क्यास ब्याक अफर,’ ‘भ्यालेन्टाइन डे’ अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमाण्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहक महानुभावहरूको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij