२०८३ साउन ९ शनिबार

सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा

ई आर्थिक    बिहिबार, फाल्गुन २२ २०७६
8.9K
Shares
सिभिल बैंकको नयाँ शाखा ललितपुरको नखिपोटमा

ई–आर्थिक, काठमाडौं । सिभिल बैंकले ललितपुरको नखिपोटमा नयाँ शाखा खोलेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खालेको नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई २० थान ब्ल्याङ्केट प्रदान गरेको छ । सहयोग सामाग्री बैंकका सञ्चालक समितिका अध्यक्ष ईच्छाराज तामाङले संस्थाकी अध्यक्ष विष्णु थापालाई प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथिमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी सृजनाकालागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंक लाइ धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब रु. ३५ खर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ३१ भन्दा बढी खर्ब कर्जा लगानी गरिएको पनि उनले बताए ।

उक्त अवसरमा सिभिल बैंकका प्रम७३घढसख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

त्यस्तै, कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छा राज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नरहने बताए ।

बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij