ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नोे २५औँ वर्ष पूरा गरेकोमा रक्तदान तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत सो कार्यक्रम प्रदेश नं. ५ अन्र्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा सञ्चालन गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको उपस्थितीमा सञ्चालन गरीएको थियो ।

साथै, बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको थियो ।
हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग
सुविधा प्रदान गर्दै आईरहेको छ ।