२०८३ भाद्र ३१ बुधबार

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ सेवा गुल्मीको लिम्घामा

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०७६
8.3K
Shares
कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ सेवा गुल्मीको लिम्घामा

ई–आर्थिक, काठमाडौं । कुमारी बैंकले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घघाटन सम्पन्न गरे ।

उक्त उद्घघाटन बैंकका डेपुटी सिइओ– उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij