ई–आर्थिक, काठमाडौं । छ किलो सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले भारतको कर्णाटकका ४२ बर्षिया अब्दुल मजिद अनेकललाई छ किलो सुनसहित पक्राउ गरेको हो।
काठमाडौबाट बिरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा नियमित चेकजाँच गर्ने क्रममा मंगलबार बिहान ४ः३० बजे सो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो सुनको मंगलबारको बजारमूल्य ४ करोड २७ लाख बराबर रहेको छ । सुन सहित पक्राउ परेका अब्दुललाई राजस्व कार्यालय पथलैयामा बुझाउने प्रहरी स्रोतले बताए ।