ई–आर्थिक, काठमाडौं । सिभिल बैंकले काठमाडौंको बाङ्गेमुढामा शाखा संचालनमा ल्याएको छ । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा सुविधासम्पन्न शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखा सिभिल बैंकका अध्यक्ष ई। ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं। २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा समुद्घाटन गरेका छन् ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि रु।२५,००० को आर्थिक सहयोग प्रदान गरीएको थियो । सो सहयोग रकम बैंकका अध्यक्ष ई। ईच्छा राज तामाङ्गद्वारा विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको थियो ।

बाङ्गेमुढा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका अध्यक्ष तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दै त्यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी ब्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताए ।
त्यसै गरि काठमाण्डौ महानगरपालिका वडा नं। २५ का अध्यक्ष निल काजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पुर्याउने कुरामा विस्वस्त रहेको बताए ।
उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्घता जनाए ।
उक्त शाखाको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, नेपाल प्रहरी जनसेवा, बिशालबजारका प्रहरी नायब उपरिक्षक सुनिल जंग शाह लगायत, जनसेवा ट्राफिक प्रहरीका निरिक्षक गोविन्द राउत लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकको हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५३ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु। ५२ अर्व कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १११ पुगेको पनि बैंकले जनाएको छ ।