ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड प्रयोग गर्ने ग्राहककालागी ‘बिओके भिसा नगद फिर्ता’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकले आफ्ना कार्ड बाहक ग्राहकलाई नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र (पियोसो) तथा इ-कमर्स कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउने बताएको छ । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पियोसो कारोबार गर्दा ग्राहकले रु. २५० नगद फिर्ता पाउने तथा कम्तीमा २ वटा इ-कमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने बैंकले जानाएको छ।
उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन बैंकले ग्राहकलाई आग्रह गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।