२०८३ असोज १ बिहिबार

एनएमबी बैंकको धाङ्सीखोला जलविद्युत् आयोजनासँग सम्झौता

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०७६
6.1K
Shares
एनएमबी बैंकको धाङ्सीखोला जलविद्युत् आयोजनासँग सम्झौता

ई–आर्थिक, काठमाडौं । एनएमबी बैंकले रोल्पा लगानी सम्मेलन–२०७६ का क्रममा धाङ्सी खोला जलविद्युत् आयोजनाका लागि लगानीलगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गरे ।

सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दीर्घकालीन रणनीतिअन्तर्गत पर्छ, जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका र्निवाह गर्ने बैंकले बताएको छ । यस आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij