२०८३ साउन ९ शनिबार

इन्भेष्टमेन्ट बैंकको नयाँ योजना, क्यास ब्याक देखि भ्रमण प्याकेजसम्म

ई आर्थिक    बिहिबार, फाल्गुन १५ २०७६
8.6K
Shares
इन्भेष्टमेन्ट बैंकको नयाँ योजना, क्यास ब्याक देखि भ्रमण प्याकेजसम्म

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । बैंकले संस्थाको मूल्यमान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा जीवन उपहार प्रदान गर्ने कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले यस शुभअवसरमा ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवाप्रदान गर्ने उद्देश्य सहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू ग¥यो, जुन यसका संस्थागत मूल्य मान्यताको एक हिस्सा हो ।

पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ। जुन अधिकतम रु ३,४०० रुपैयाँ सम्मको हुनेछ ।

दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टर मार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्ड मार्फत् मासिक रु ३,४०० को किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सव देखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’पनि सार्वजनिक गरेको छ । जस मार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।

बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूम वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यस बाहेक बैंकले गतवर्ष वार्षिकोत्सवकै दिन“बैंकसँगको नाता मेरो आफ्नै बचत खाता”अभियान सहितको कमिक बुक पनि ल्याएको थियो ।

कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्यमूल्य–मान्यता हो । जुन एनआईबीएलले वर्षाैंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij