ई–आर्थिक, काठमाडौं : एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज् प्रालिबीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजा प्रदेश नं. ३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रुपमा प्रख्यात छन् ।
एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०% छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।
एभरेष्ट बैंकको ग्राहक आधार संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रकै उच्च हो । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथैै क्यामेल रेटिङ्ग अन्तर्गत बेष्ट रेटेड कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले ९५ स्थानीय शाखा, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट मजबुत सेवा प्रदान गदै आईरहेको जानकारी दिएको छ ।