२०८३ साउन ११ सोमबार

शेयर बजारमा उछालको क्रम जारी, ४३ अङ्कले बढेर १५४५ नाघ्यो

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०७६
3.8K
Shares
शेयर बजारमा उछालको क्रम जारी, ४३ अङ्कले बढेर १५४५ नाघ्यो

ई–आर्थिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मंगलबार ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआइसी एशिया बैंकको रु नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij