२०८३ भाद्र ३१ बुधबार

आर्थिक सहयोगदेखि आकर्षक सेवा सार्वजनिक गर्दै बैंक अफ काठमाण्डूले मनायो २५ औँ वार्षिकोत्सव

ई आर्थिक    बिहिबार, फाल्गुन ८ २०७६
12.8K
Shares
आर्थिक सहयोगदेखि आकर्षक सेवा सार्वजनिक गर्दै बैंक अफ काठमाण्डूले मनायो २५ औँ वार्षिकोत्सव

ई–आर्थिक, काठमाडौं। बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ। बैंकले बुधवार एक कार्यक्रमबीच पत्रकार सम्मेलनको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।

समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपालको प्रमुख आतिथ्यता तथा बैैंकको सञ्चालक समिति, व्यवस्थापन समिति र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । तत्पश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समारोहमा उपस्थित सम्पूर्ण उपस्थितजनलाई विशेष धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्षसम्म नेपालको बैंकिङ क्षेत्रमा पुर्‍याएको योगदानको लागि धन्यवादसहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

त्यस्तै, बैंकको रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयू कक्ष निर्माण गर्न एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।

ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै २५ औं वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सिर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’ सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकको आवश्यकता तथा उच्चतम् लाभ लाई मध्यनजर गर्दै बैंकले ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ । विभिन्न सुविधासहित २५ रुपैयाँको न्यूनतम मौज्दातमै ‘सहज बचत खाता’ खोल्न सकिने जानकारी बैंकले गराएको छ ।

ग्राहक महानुभावहरुलाई प्रविधिको प्रयोग गर्ने बानीको बिकास गर्न प्रेरित गर्ने उद्देश्यले बैंकको मोबाइल बैंकिङमार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइल टपअप गर्दा २५% नगद फिर्ता हुने योजना समेत सार्वजनिक गरेको छ ।

त्यस्तै, सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारिताको क्षेत्रमा महिला पत्रकारको समावेशिता बढाउन र उनीहरूको क्षमता अभिवृद्घि गर्न चाहिने तालिम प्रदान गर्न ५ लाख सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भीमप्रसाद गौतमलाई चेक हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपाल तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गरे ।

ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै २५ औं वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सिर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’ सम्बन्धी कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंक अफ काठमाण्डूको हाल १० एक्टेन्सन काउन्टरसहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् । आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा खुद मुनाफामा २०% ले वृद्धि गरी ८८ करोड ३८ लाख रुपैयाँ कमाउन सफल भएको छ । साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४% र ९.१४% ले वृद्धि भई क्रमशः ९०.११ अर्ब तथा ८२.४९ अर्ब पुर्‍याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij