ई–आर्थिक, काठमाडौं। एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच महिला उद्यमशीलता अन्तर्गत सहुलियत कर्जा प्रदान गर्ने सम्झौता भएको छ । दुई संस्था बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे ।
सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भईसकेको बैंकले ९५ शाखा, १ सय २२ एटिएम र ३० रकम संकलन केन्द्र मार्फत १० लाख गा्रहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
यस्तै हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । हेफेरले महिला सहकारीहरुमा वित्तिय पहुँच पुर्याउने काम समेत गर्दै आएको छ ।