ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले होटल सामना र सुर्यान्सबीच संझौता सम्पन्न गरेको छ । मकवानपुरमा रहेको उक्त होटलसँग भएको संझौतासँगै होटलका विभिन्न सेवा सुविधामा छुट प्राप्त हुनेछ ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटल सामनाको सेवा सुविधामा १५ प्रतिशत र होटल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन ।
होटल सामनाका प्रबन्ध निर्देशक सुरज आचार्य र बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्यले हस्ताक्षर गरेका छन भने होटल सुर्यान्सका अपरेशन प्रबन्धक नकुल गिरि र बैंकका हेटौडा शाखा प्रबन्धक शाक्यले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।