२०८३ साउन ११ सोमबार

अमेरिकन आइडलमा छानिए नेपाली युवा दिवेस पोखरेल, अब हलिउडमा नेपाली स्वर पनि गुञ्जिने (भिडियोसहित)

ई आर्थिक    मंगलबार, फाल्गुन ६ २०७६
10.8K
Shares
अमेरिकन आइडलमा छानिए नेपाली युवा दिवेस पोखरेल, अब हलिउडमा नेपाली स्वर पनि गुञ्जिने (भिडियोसहित)

ई–आर्थिक, काठमाडौं । अमेरिकन आइडलमा नेपाली युवा दिवेस पोखरेल छानिएका छन् । विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शोमा नेपाली युवा छानिएका हुन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका

छानिएका हुन् ।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।

दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij