ई–आर्थिक, काठमाडौं । बृहस्पति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा संस्थाका सञ्चालक समितिका अध्यक्ष उमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले संस्थाले ७ करोड ७८ लाख २९ हजार ४३८ रुपैयाँ कुल कारोबार गरेको, सेयर पूँजी ८६ लाख ८६ हजार ९०० रुपैयाँ पुगेको र निक्षेप संकलन ६ करोड ५८ लाख ७८ हजार ४८३ रुपैयाँ पु¥याउन सफल भएको जानकारी दिनुभयो । त्यसैगरी संस्थाले ६ करोड ३६ लाख ८९ हजार रुपैयाँ कर्जा लगानी रहेको पनि सभामा जानकारी दिनुभयो ।

सोही अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत दुबै मृगौला फेल भइ हाल मृगौला प्रत्यारोपणको प्रक्रियामा रहेका संस्थाका सदस्य सुमन श्रेष्ठलाई आर्थिक सहयोग गरेको थियो । सभामा सदस्य श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना सहित संस्थाको तर्फबाट रु. २५ हजार नगद तथा सभामा उपस्थित सदस्यहरुबाट संकलित २० हजार रुपैयाँ समेत गरी जम्मा ४५ हजार रुपैयाँ नगद सहयोग रकम संस्थाका अध्यक्षले हस्तान्तरण गर्नुभएको थियो ।’

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगतका पनि आर्थिक सहयोग गर्दै आएको संस्थाले आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
काठमाडौंको गोंगबुमा रहेको यो संस्थाले सदस्यहरुलाई समय सुहाउँदो आधुनिक र सरल सेवा प्रदान गर्दै आएको छ ।