ई–आर्थिक, काठमाडौं । अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारणसभा संस्थाका अध्यक्ष बासुदेव खत्रीको सभापतित्वमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्त्रीपरिषद्का सचिव अनिलकुमार ठाकुर विशिष्ठ अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
सभामा राष्ट्रिय सहकारी बैंककी मधु रायमाझी, राष्ट्रिय सहकारी बैंकका बानेश्वर शाखा प्रबन्धक विष्णु गिरी, राष्ट्रिय सहकारी बैंक लेखा समितिको पूर्वसंयोजक कुलचन्द्र अधिकारी, अधिवक्ता भरतमणी जंगम, ग्रीनवीच सेकेन्डरी स्कूल, पेप्सीकोलाका प्रध्यापक सुभाष थापालगायतको उपस्थिति रहेको थियो ।

सभामा प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अथितिहरुले संस्थाको साधारणसभाको सफलताको साथै संस्थाको प्रगतिको लागि शुभकामना दिएका थिए ।
सभामा संस्थाका अध्यक्ष खत्रीले आ.ब. २०७५/०७६ सालको वासलात, नाफा–नोक्सानलगायत संस्थाको भावी योजना तथा आर्थिक विषयहरु पेश गरेका थिए । अध्यक्ष खत्रीले संस्थाले शेयर पूँजी १ करोड ४८ लाख ७० हजार रुपैयाँ पु¥याएको, ८ करोड ३५ लाख ४७ हजार निक्षेप संकलन भएको जानकारी दिए ।

त्यसैगरी संस्थाको १ सेवा केन्द्र आवश्यक ठानी पेप्सीकोला टाउन प्लानिङ्गमा सञ्चालन गर्ने प्रस्ताव पनि अध्यक्ष खत्रीले सभामा पेश गरेका थिए । त्यस्तै संस्थाले गत बर्ष २० जना सेयर सदस्यलाई सहकारी भ्रमण गराएको र यो अभियानलाई आगामी दिनमा समेत जारी राख्ने उनले जानकारी दिए ।
