२०८३ साउन ११ सोमबार

बैंकमा कार्यरत एक कर्मचारीलाई कोरोनाभाइरस भेट्टिएपछि बैंक खाली, कर्मचारीलाई बिदा

ई आर्थिक    बिहिबार, फाल्गुन १ २०७६
7.4K
Shares
बैंकमा कार्यरत एक कर्मचारीलाई कोरोनाभाइरस भेट्टिएपछि बैंक खाली, कर्मचारीलाई बिदा

काठमाडौँ । एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द भएको छ । बैँकका कर्मचारीलाई कोरोनाको सङ्क्रमण देखिएपछि थप संक्रमण बढ्न नदिन बैँक शाखा नै बन्द गरिएको डिबीएस बैँकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । ती सबै कर्मचारीलाई बुधबारदेखि छुट्टी दिइएको छ । यो बैंक मरीना बे पाइनेन्सियल सेन्टरको ४३औँ तलामा रहेको छ। यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् । चीनमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या झण्डै ४४ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij