२०८३ भाद्र २८ आइतबार

‘बीमा बजार विस्तारको लागि कम्पनीले सेवामा गुणस्तर र विश्वसनियतामा ध्यान दिनुपर्छ’

ई आर्थिक    शुक्रबार, माघ २४ २०७६
10.7K
Shares
‘बीमा बजार विस्तारको लागि कम्पनीले सेवामा गुणस्तर र विश्वसनियतामा ध्यान दिनुपर्छ’

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा बजार विस्तारको लागि कम्पनीको सेवामा गुणस्तर र विश्वसनियतामा ध्यान दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गर्दै सो कुरा बताएका हुन ।

उनले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिए । बजारमा प्रतिस्प्रधा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गरे । उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए । उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए । अन्य मुलुकमा खुल्ला बजार अर्थतन्त्र अनुसार बजारले इन्स्योरेन्सको दर आफै तोक्ने अथवा अधिकतम दर तोकी बजारमा प्रतिस्प्रधाको बाटो खुल्ला राख्ने गरिन्छ तर नेपालमा न्यूनतम दर तोकेर प्रिमियम बढाइएको बताए ।

बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरिय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । उनले इन्स्योरेन्स प्रिमियम उच्च हुँदा कस्ट अफ डुइङ बिजनेस बढेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij