२०८३ साउन ९ शनिबार

नेशनल को–अपरेटर्स एलाइन्सको पदाधिकारी बैठक सम्पन्न, प्रशिक्षण समितिको संयोजकमा राजेन्द्र पौड्याल

ई आर्थिक    बुधबार, माघ १५ २०७६
11.6K
Shares
नेशनल को–अपरेटर्स एलाइन्सको पदाधिकारी बैठक सम्पन्न, प्रशिक्षण समितिको संयोजकमा राजेन्द्र पौड्याल

ई–आर्थिक, काठमाडौं । नेशनल को–अपरेटर्स एलाइन्स नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । एलाइन्सका केन्द्रिय अध्यक्ष डिल्लीराम तिवारीको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रिय सदस्य, पूर्बमन्त्री नेपाली कांग्रेस सम्सदिय दलका प्रमुख सचेतक, एलायन्सका प्रमुख सल्लाहकार बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

बैठकमा एलायन्सको विविध विषयमा छलफल भएको थियो । साथै सो बैठकमा हालै सम्पन्न सहकारी संघ, महासंघको निर्वाचनका बारेमा समिक्षा पनि भएको थियो ।

बैठकमा केन्द्रिय सह–अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेल, उपाध्यक्ष एबम् प्रदेश नम्बर ३ का प्रमुख सचेतक राधा घले, उपाध्यक्ष जग्गाप्रसाद पाण्डे, महासचिव चन्द्रप्रसाद ढकाल, सचिव राजेन्द्र पौड्याल, कोषाध्यक्ष मोहन बस्नेत लगायतले सहकारीका पछिल्लो विषय बस्तुका विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

साथै सहकारीका विभिन्न छाता संस्थाको निर्वाचनको विषयमा बार्ता तथा पार्टीहरुसङ्ग समन्वय गरी आफ्नो कार्य सम्पन्न गरेकोमा कार्यदललाई हार्दिक धन्यवाद दिदै महासंघमा एलायन्सबाट प्रतिनिधित्व गर्ने साथीहरूलाई हार्दिक बधाई दिइएको थियो ।

निर्वाचनका शिलशिलामा भएका कमीकमजोरी सच्चाएर एलायन्सलाई केन्द्र, प्रदेश, जिल्ला, संसदीय निर्वाचनसम्म बिस्तार गर्ने, प्रशिक्षण तथा तालिम सातै प्रदेशमा सम्पन्न गर्ने गरी निर्णय गरियो । त्यस्तै बैठकले प्रशिक्षण समिति गठन गरेको थियो । सो समितिको संयोजकमा एलाइन्सका सचिव तथा राष्ट्रिय सहकारी महासंघका नव निर्वाचित संचालक राजेन्द्र पौड्याललाई चयन गरिएको एलाइन्सका सह–अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij