२०८३ साउन १० आइतबार

सनफ्लो सनफ्लावर तेल ‘हिराको उपहार योजना’को चौथो लक्की ड्र विजेताहरुको नाम घोषणा

ई आर्थिक    आइतबार, माघ ५ २०७६
8.5K
Shares
सनफ्लो सनफ्लावर तेल ‘हिराको उपहार योजना’को चौथो लक्की ड्र विजेताहरुको नाम घोषणा

ई–आर्थिक, काठमाडौं : सनफ्लो सनफ्लावर तेल ‘सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार’ योजनाअन्तर्गत चौथो लक्की ‘ड्र’ कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ ।

चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिम बहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासी न्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासी जुनु श्रेष्ठ र पाल्पा निवासी केश माया पुनले हिराको टप जितेका छन् । विजेताहरुको नाम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।

लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नुहुन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij