ई–आर्थिक, काठमाडौं । रेबान (रेष्टुरेनट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पु¥याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ को आयोजना गर्ने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्त महोत्सव यही माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो ।
रेबान पोखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ ।
पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।
उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरी, प्रायोजकहरुमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको छ ।
खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ । नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशान भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जानकारी गराएको छ ।