२०८३ साउन ९ शनिबार

तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, पौस २७ २०७६
8.3K
Shares
तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

अध्यक्षमा पुनः मनोजकुमार थापा चयन

ई–आर्थिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि–१४ नैकापमा केन्द्रिय कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा समक्ष सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्न राखेको प्रस्ताव साधारणासभाले पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्मा संस्थाको सदस्य ४ हजार ८ सय ११ रहेको छ । सोही अवधि सम्ममा संस्थाको चुक्ता पुँजी ५ करोड १४ हजार रहेको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले साधारणा सभामा जानकारी गराए । त्यस्तै ४१ करोड ४१ लाख निक्षेप संकल गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष थापा मगरले जानकारी दिए ।

संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आईपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्षले बताए ।

संस्थाले केन्द्रिय कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । यस सहकारीले चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्म समेत संचालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चाल गर्दै आएको छ ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

अध्यक्षमा पुनः मनोजकुमार थापा


यसैबीच संस्थाको अध्यक्षमा मनोजकुमार थापा मगर नै निर्वाचित भएका छन् । सो संस्थाको अध्यक्षमा यसअघि पनि थापा मगर नै अध्यक्ष रहेका थिए ।
शनिबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभाले मनोजकुमार थापा मगरको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गंगाराम दुलाल निर्वाचित भएका छन् । यस अघि पनि दुलाल उपाध्यक्ष थिए । त्यस्तै सचिवमा पुनः बुद्ध तण्डुकार निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् ।
नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिलाई शनिबारनै शपथ ग्रहण गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij