२०८३ साउन ९ शनिबार

नेचुरल बचत तथा ऋण सहकारीको क्यूआर कोड बैकिङ सेवा सुरू

ई आर्थिक    बिहिबार, पौस २४ २०७६
7.8K
Shares
नेचुरल बचत तथा ऋण सहकारीको क्यूआर कोड बैकिङ सेवा सुरू

ई–आर्थिक, काठमाडौं । पछिल्लो समयमा नेपालका सहकारीहरु पनि प्रविधिमा निक्कै अघि बढ्न थालेका छन् । यसैक्रममा काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ ।

सदस्यलाई छिटो, सरल, विश्वसनिय, उच्च स्तरिय सेवा दिने प्रतिवद्धता अनुसार क्यूआर कोड बैकिङ सुरुवात गरेको हो । संस्थाले यसअघि मोबाइल बैकिङ, एसएमएस सेवा, एटिएम सेवा, मिस्डकल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने र सदस्यलाई सरल,सहज रुपमा सहकारीको सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिए ।

संस्थाले पुष २३ गते बुधबारबाट पिपुल्स लाईफ केयर अस्पतालबाट क्यूआर कोड पेमेन्ट सिस्टमको सेवा सुभारम्भ गरेको हो । अब नेचुरल सहकारीका सदस्यले ‘नेचुरल स्मार्ट एप’ प्रयोग गरी ५ रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म भुक्तानी गर्न सक्ने प्रमुख पाठकले जानकारी दिए ।

नेचुरल सहकारीको क्यूआर कोड पेमेन्ट रहेको अस्पताल, स्कुल, होटल, रिसोर्ट, किराना पसलहरुमा रकम भुक्तानी गर्न सकिने पाठकले बताए ।

नेचुरलले केन्द्रिय कार्यालय जोरपाटी, सदस्य सेवा केन्द्र साखु, सदस्य सेवा केन्द्र नयाँ बजार र सदस्य कार्यालय काडाँघारीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij