ई–आर्थिक, काठमाडौं । उखु किसानले सरकारसँग पाँच बुँदे सहमति गरेसँगै आन्दोनल फिर्ता लिएका छन् । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्ता पछि उखु किसान सहमतिमा आएका हुन ।
सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ। साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ।

