२०८३ असोज २ शुक्रबार

उखु किसानले चिनी मिलसँग ७१ करोड भुक्तानी लिन बाँकी, माइतीघर मण्डलामा प्रदर्शन र धर्ना,

ई आर्थिक    सोमबार, पौस १४ २०७६
6.1K
Shares
उखु किसानले चिनी मिलसँग ७१ करोड भुक्तानी लिन बाँकी, माइतीघर मण्डलामा प्रदर्शन र धर्ना,

ई–आर्थिक, काठमाडौं । सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्। चिनी मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन्।

२०७० सालबाट उखुको भुक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताए। यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनको भनाइ छ।

राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७१ करोड बढी भुक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन। अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उनले बताए।

काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन्। भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन्।

किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्। मिलहरुले अहिले आफूखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६/५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरुको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij