२०८३ साउन ११ सोमबार

दुई मनी चेन्जरको लाइसेन्स खारेज

ई आर्थिक    बिहिबार, पौस १० २०७६
4.8K
Shares
दुई मनी चेन्जरको लाइसेन्स खारेज

ई–आर्थिक, काठमाडौँ : नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ । खारेजी पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्ज रहेका छन् ।

यी कम्पनीले विद्यमान कानुनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।

यी कम्पनीले गत भदौ १५ मा चिनियाँ नागरिकले एटीएम बुथबाट चोरी गरेको पैसा अमेरिकी डलरमा सटही गरिदिएका थिए । चिनियाँ नागरिक पक्राउ परेपछि उजुरीका आधारमा प्रहरीले नेपालयका सञ्चालक देवनाथ लामिछाने र डेक्सोका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि राष्ट्र बैंकले ती मनी चेन्जर माथि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा दोषी भेटिएपछि लाइसेन्स खारेज गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो ।

राष्ट्र बैंकले नेपालयलाई सन् २००४ र डेक्सोलाई सन् २०१६ मा लाइसेन्स दिएको थियो। चिनियाँ नागरिकले एटीएम ह्याक गरेर निकालिएकोमध्ये २९ लाख ९९ हजार रुपैयाँ ती दुई मनी एक्सचेन्जबाट साटिएको थियो ।

ह्याकर बसेको हात्तीसारको होटलमा प्रहरी परिसर काठमाडौंको टोली पुगेलगत्तै भागेका चार चिनियाँ ट्याक्सी रिजर्भ गरेर सोझै ठमेलस्थित ती मनी चेन्जर कम्पनीमा गई नेपाली पैसा अमेरिकी डलरमा सटही गरेका थिए । विदेशी मुद्रा सटही गर्दा मनी चेन्जरले रकमको स्रोत खोज्नुका साथै रकम साट्नेको परिचय खुलाउनुपर्छ ।

ती कम्पनीले सीमाभन्दा बढी विदेशी मुद्रा साटेको, रकमको स्रोत नखोजिएको, ग्राहकको परिचय नराखेकोलगायत राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको राष्ट्र बैंकको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij