ई–आर्थिक, काठमाडौं । आगमी माघ ९ गने हुने राष्ट्रियसभा निर्वाचनमा निर्बाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बिच चुनाबी तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि यस्तो सहमति भएको हो ।
दुबै दलबीच चुनाबी तालमेलको सहमति भएपछि प्रदेश २ अन्तर्गतका राष्ट्रियसभाको सिटको पनि बाँडफाँट भएको छ । प्रदेश २ का ८ मध्ये चार सिटका लागि माघ ९ गते निर्बाचन हुने छ ।
खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति छ । जसमा राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ । यसले नेकपालाई एक सिट लाभ हुनेछ भने प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसलाई यहाँ पनि एक सिट क्षति हुने छ । यो राष्ट्रियसभाको एक तिहाई सिटमा नेपाली काँगे्रसलाई क्षति नै क्षति हुने देखिएको छ । अहिले खाली हुन लागेको चारमध्ये एक सिट भएको नेकपाको आब दुई सिट हुने छ भने एक सिट रहेको काँगे्रस शून्यमा झर्ने छ ।
राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ । दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने पनि सहमति भएको छ । सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।