ई–आर्थिक, काठमाडौं । साताको तेश्रो दिन मंगलबार पुँजी बजारमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा बन्द भएको छ। यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले घटेर २५३.२८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २७ करोड ९२ लाख ४४ हजार एक सय ३५ रुपैयाँमा ८ लाख ४० हजार छ सय ७७ कित्ता शेयर किनबेच भएका छन। आइतबार ६८ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा सोमबार ४० करोडको कारोबार भएको थियो।
यो दिन कारोबारमा आएका उपसमूहमध्य बैंकिङ, होटल, वित्त र उत्पादनमा ओरालो लागेको छ भने अन्य सबै समुहमा सुधार देखिएको छ। बैंकिङ १.५९, होटल १२.७५, वित्त ०.२५ र उत्पादन ४.७५ विन्दुले घटेको छ । यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत बढेको छ। जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, विकास बैंक, जलविद्युत, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन बढेको छ।