२०८३ साउन ११ सोमबार

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको भङ्गालमा

ई आर्थिक    मंगलबार, पौस १ २०७६
10.5K
Shares
कामना सेवा विकास बैंकको शाखा काठमाडौंको भङ्गालमा

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको भंगालमा शाखा विस्तार गरेको गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका स्थित भङ्गालमा आफ्नो शाखा स्थापना गरेको हो । बैंकको यो १०७ औ शाखा हो ।

उक्त शाखाको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गर्नुभएको थियो ।

उक्त शाखाबाट कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस मोवाईल बैंकिङ, सी–आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij