ई–आर्थिक, काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा आइतबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ८० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पुँजीको ५० प्रतिशतअर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
संस्थाले हाल ४३ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ५५ हजार भन्दा बढि सदस्यहरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड रुपैयाँ संकलन गर्न सफल भएको बताए । संस्थाले अबको दिनमा विशेष गरि क्रेडिट प्लस गतिविधिहरूमा केन्द्रीत गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना बनाएको छ ।
केन्द्रीय कार्यालय धादिङ्गको धादिङ्गवेशीमा रहेको राष्ट्रिय स्तरको यस संस्थाको उक्त साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्ग क्रिक रिसोर्टमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थापक शेयर धनि योगेन्द्र संग्रौला, संस्थापक संचालक डा।रमा बश्याल गौतम,संस्थापक शेयर धनि माधव प्रसाद घिमिरेलगायतले प्रगतीको कामना सहितको मन्तव्य राखेका थिए।