२०८३ साउन ११ सोमबार

बुटवल पावरको २८ प्रतिशत, अरुणको ०.३७ प्रतिशत नगद लाभांश घोषणा, विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

ई आर्थिक    मंगलबार, मंसिर २४ २०७६
3.8K
Shares
बुटवल पावरको २८ प्रतिशत, अरुणको ०.३७ प्रतिशत नगद लाभांश घोषणा, विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने

ई–आर्थिक, काठमाडौं । बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले खिम्ती जलविद्युत् आयोजना, झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

उता अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ०.३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । आव २०७५/७६ को खुद मुनाफासहितको सञ्चितीबाट आफ्ना शेयरधनीलाई सात प्रतिशत शेयर लाभांश तथा कर प्रयोजनका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी विजय लघुवित्त वित्तीय संस्थाले आव २०७५/७६ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । १५ प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको उक्त वित्तीय संस्थाले जानकारी दिएको छ ।

त्यसमा शेयर लाभांशतर्फ २ करोड ९२ लाख २१ हजार ५ सय र नगद लाभांशतर्फ ९७ लाख ४० हजार ५ सय वितरण गर्ने प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij